जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार २ प्रतिवादी पक्राउ

  • शुक्रबार​ २३ असो २०८३ १०:०० PM
काठमाडौं : जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन्। प्रहरीका अनुसार झुम्का कारागाबार फरार भएका धरान–२ का ३२ वर्षीय नरेन लोहनी र जगन्नाथदेवल कारागारबाट फरार भएका ३० वर्षीय रत्नबहादुर राउत पक्राउ परेका हुन्। उनीहरुलाई सुनसरीबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनीहरु २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।