एआईजी वंशीराज दाहाल सशस्त्र प्रहरी सेवाबाट बर्खास्त

  • शुक्रबार​ २३ असो २०८३ ०९:०० PM
काठमाडौं : गृह मन्त्रालयले एआईजी वंशीराज दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरेको छ। असोज २३ गतेदेखि लागू हुनेगरी दाहाललाई विभागीय कारबाही गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। एआईजी दाहालले आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्‍याउने कार्य गरेको गृह मन्त्रालयले जनाएको छ। यसअघि उनलाई यही कसूरमा निलम्बन गरिएको थियो। एआईजी दाहालमाथि छानबिन गरी प्रतिवेदन तया