काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्त भएका छन् । दाहाललाई आफ्नो आचरण विपरितको काम गरेको भन्दै कारबाहीस्वरुप सेवाबाट हटाइएको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । दाहालले आचरणसम्बन्धी नियम बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य