सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई आचरण उल्लंघन, अनुशासनहीन गतिविधि र संगठनको प्रतिष्ठामा आँच पुर्याएको कसुरमा सेवाबाट हटाइएको छ। नेपाल सरकारले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने विभागीय कारबाही गरिएको हो। सरकारका तर्फबाट जारी सूचनामा दाहालले आचरणसम्बन्धी व्यवस्था पटक–पटक उल्लंघन गरेको, बारम्बार