एन्टी–डम्पिङ शुल्कले नेपाली जुट उद्योग संकटमा, ९५ प्रतिशत बजार गुमाएको दाबी

  • शुक्रबार​ २३ असो २०८३ ०८:०० PM
विराटनगर : भारतले लागू गरेको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगले आफ्नो बजारको करिब ९५ प्रतिशत हिस्सा गुमाएको उद्योगीहरूले बताएका छन्। बजार गुम्दै जाँदा उद्योगहरू बन्द हुने जोखिम बढेको भन्दै उनीहरूले तत्काल नीतिगत हस्तक्षेप गरी उद्योग संरक्षण गर्न सरकारसँग माग गरेका छन्। नेपालको औद्योगिकीकरणको सुरुवाती चरणदेखि नै महत्वपूर्ण योगदान दिँदै आएको जुट उद्योग पछिल्लो समय गम्भीर संकटमा परेको छ। कोशी प्रदेशमा हजारौँ श्रमिकलाई रोजगारी दिँदै आएको र नेपालको निर्यात व्यापारमा समेत महत्वपू