काठमाडौं : नेपाली क्रिकेटका लागि ओमानमा हुने आइसीसी विश्वकप लिग-२ का चार खेल अंक तालिकामा स्थान सुधार्ने अवसर मात्र होइनन्, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने महत्वपूर्ण परीक्षा पनि हो। शीर्षमा ४ रहेर विश्वकप छनोटमा सिधै पुग्ने नेपालको सम्भावना सकिएको छ। यस्तो अवस्थामा अन्तिम शृंखलामा अधिकतम जित निकाल्दै एकदिवसीय मान्यता जोगाउनु नेपालको मुख्य लक्ष्य हो।नेपाल, ओमान र क्यानडासँगको शृंखला सुरु भइसकेको छ। शृंखलाको पहिलो खेलको नतिजा ओमानको पक्षमा पर्यो। यो खेलमा ओमानले क्यानडा