पर्यटक भिसामा आएर धर्मशास्त्रको तालिम, २४ जना कोरियाली नागरिक पक्राउ

  • शुक्रबार​ २३ असो २०८३ ०८:०० PM
विराटनगर : पर्यटक भिसामा नेपाल आएका २४ जना दक्षिण कोरियाली नागरिक मोरङबाट पक्राउ परेका छन्। धार्मिक गतिविधिमा संलग्न रहेको पाइएपछि प्रहरीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएर अध्यागमन विभागमा पठाएको छ। उनीहरूमाथि भिसाको सर्त उल्लंघन गरेको आरोपमा अनुसन्धान हुने भएको छ। पक्राउ पर्नेमा १३ पुरुष र ११ जना महिला छन्। उनीहरूलाई विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको जहाजमार्फत साँझ काठमाडौं पठाइएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। उनका अनुसार विदेशी नागरिकहरू पर्यटक भिसाको उद्दे