ग्यास बुलेट लिक हुँदा सडक भासिँएको ठाँउमा पुग्न सकिएकाे छैन : सडक विभाग

  • शुक्रबार​ २३ असो २०८३ ०१:४४ PM
काठमाण्डु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी नजिक मछेडीमा ग्यास बुलेट पल्टिनुका साथै गजुरी नजिक गलौंदीमा सडक भासिएपछि  पृथ्वी राजमार्ग ठप्प भएको छ। मछेडीमा ग्यास बुलेट पल्टिएर ग्यास चुहावटसमेत भइरहेकाले गलौंदी क्षेत्रमा पुग्न कठिनाइ भइरहेको सडक विभागले जनाएको छ । विभागले भनेको छ ‘गलौंदीमा भासिएको सडक खुलाउन पछाडितर्फबाट सडक काटेर (ब्याक कटिङ) मार्ग सञ्चालन गर्नुपर्ने देखिएको छ।