एजेन्सी– साउदी अरबको राष्ट्रिय ध्वजावाहक ‘साउदिया’ले बिहीबार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हुथी आक्रमणपछि पाइलट हमुद बिन अली अल-कल्थामीको मृत्यु भएको जनाएको छ। एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा विमानस्थलमा भएको घटनाका कारण क्याप्टेनको मृत्यु भएको उल्लेख गरिएको छ। यो घटना यमनको हुथी आन्दोलनले गरेको दाबी गरिएको आक्रमणका क्रममा भएको हो। हुथी समूहले रियाद विमानस्थललाई ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत