काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पौडेल धरौटीमा छुटेका छन्।ललितपुर जिल्ला अदालतका न्यायाधीश भगवती शर्मा ढुंगानाको एकल इजलासले उनीहरूसँग धरौटी माग गरेको थियो। अदालतले एन्फाका कोषाध्यक्ष रविन्द्र जोशीसँग १५ लाख र लेखापाल सन्जीव पौडेसँग १२ लाख धरौटी माग गरेको प्रवक्ता टिकाध्वज कार्कीले अन्नपूर्ण पोष्टलाई जानकारी दिए। धरौटी माग भएपछि उनीहरूले शुक्रबार नै धरौटी तिरेर तारिखमा रिहा भएका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई असोज २ ग