धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौदीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडक अनिश्चितकालका लागि बन्द भएको छ। सडक भासिएपछि उक्त खण्डमा दुईतर्फी यातायात ठप्प भएको मुग्लिन बजारस्थित पत्रकार विनोद श्रेष्ठले जानकारी दिएका छन्। सडकको ठूलो भाग भासिएर मानिससमेत मुस्किलले हिँड्न सक्ने अवस्था रहेको बताइएको छ। दशैंको मुखमा मुख्य राजमार्ग नै बन्द भएपछि घर फर्किने यात्रु, लामो