काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदको मतगणना आजै गरिने भएको छ। कांग्रेस निर्वाचन आयोगका सदस्यसचिव राजु कटुवालका अनुसार सभापति पदको मतगणना सकिएपछि अन्य पदको मतगणना गरिनेछ। यसैबीच, महाधिवेशनमा अपराह्न साढे ५ बजे सम्ममा ६ हजार ७०० मत खसेको छ। मतदानको समय साँझ ७ बजेसम्म लम्बिन सक्ने बताइएको छ।