काठमाण्डु– त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. भोला थापालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केही विद्यार्थी नेतालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेकामध्ये त्रिवि केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव हिक्मतकुमार बुढा र रत्नराज्य क्याम्पसका स्ववियु सभापति लोकेश खड्का छन्। उनीहरूलाई अहिले प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ। बिहीबार त्रिविको सिनेट बैठकपछि विश्वविद्यालय प्रशासनले