बदलिँदो सञ्चार क्षेत्रका लागि विद्यार्थीलाई तयार पार्ने उद्देश्यले टिकटकले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागसँगको सहकार्यमा पत्रकारिता तथा डिजिटल स्टोरीटेलिङसम्बन्धी दुईदिने मास्टरक्लास आयोजना गरेको छ। ‘टिकटक मास्टरक्लास अन जर्नालिज्म एन्ड डिजिटल स्टोरीटेलिङ’ नाम दिइएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, पत्रकार, डिजिटल सामग्री निर्माता तथा सञ्चार क्षेत्रका विज्ञहरूको सहभागिता