काठमाडौं : मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको स्तरोन्नति कार्यका कारण असोज २४ र २५ गते काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गरेर काम गर्ने जनाएको छ।प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ कन्डक्टर जडान गर्न लागेको हो।आयोजनाअन्तर्गत मातातीर्थ-स्युचाटार १३२ केभी ड