काठमाडौं : टेलुन टेनिस ओपन २०२६ अन्तर्गत शुक्रबार नौ विधाका उपाधिको टुंगो लागेको छ। ६५ वर्षमाथिको एकल र युगल दुवै उपाधि जित्दै कमल थापाले दोहोरो सफलता हात पारे। थापाले एकल फाइनलमा ध्रुव गुरुङलाई ४–१, ४–२ ले पराजित गरे। युगलमा चम्बा धोंधुपसँग मिलेर प्रकाश बोगटी र भिक्टर रानाको जोडीलाई ४–०, ४–० ले हराए।पुरुष युगलतर्फ प्रदीप खड्का र निहालजंग थापाको जोडीले शाश्वत बज्राचार्य र करणबहादुर थापाको जोडीलाई ६–१, ६–१ ले पराजित गर्दै उपाधि जित्यो। पुरुष एकलमा प्रदीपले