काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छन्। शुक्रबार मन्त्रालयअन्तर्गत बसेको एसएमटी बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि स्वीकृत भइसकेकाले दसैँअघि नै अनिवार्य रूपमा किसानको हातमा रकम पुग्ने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्।उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित कार्यविधि २०८३, स्वीकृत गरिसक्नु भएको छ। आर्थिक वर्ष २०८३/८४ मा निका