काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाँके निर्वाचन क्षेत्र नम्बर ३ का सांसद खगेन्द्र सुनारमाथि उठेका विभिन्न आरोपको निष्पक्ष छानबिन गरी कारबाही माग गरिएको छ। बाँकेका मतदाता तथा रास्वपाप्रति आस्थावान नागरिकको तर्फबाट विक्रम ओलीले शुक्रबार पार्टीका संसदीय दलका नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाउँदै सुनारमाथिका आरोपको छानबिन र कानुनबमोजिम निलम्बनको अघि बढाउन माग गरेका