काठमाण्डु- नेकपा एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले मुलुकमा लोकतन्त्र र संविधान खतरामा परेको देखेपछि आफू सक्रिय राजनीतिमा फर्किएको बताएकी छन्। शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकमा भण्डारीले ११ वर्षपछि पार्टी राजनीतिमा सक्रिय भएको जानकारी गराएकी हुन्। एमाले सचिव पद्मा अर्यालका अनुसार लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन आफू पार्टीमा फर्किएको भण्डारीले बताएकी