सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा थलाल छनोट

  • शुक्रबार​ २३ असो २०८३ १२:०४ PM
काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले डडेल्धुराका टेकराज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ । प्रदेशका नौवटै जिल्लामा सञ्चालन गरिएको प्रतिभा खोज कार्यक्रम (ट्यालेन्ट हन्ट) बाट बायाँहाते मध्यम गतिका बलर थलालले उक्त अवसर पाएका हुन् । स्थानीयस्तरमा रहेका क्रिकेट खेलाडीको क्षमता पहिचान गरी टोलीमा आबद्ध गराउने लक्ष्यसहित रोयल्सले सुदूरपश्चिमका सबै जिल्लामा