काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ‘युथ भिडियो च्यालेञ्ज’ र ‘नेपाल पानोरमा’ को नतिजा सार्वजनिक गरेको छ । पर्यटन बोर्डको कक्षमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर ५ मिनेटसम्म अवधिका १२ वटा र ३० मिनेटसम्म अवधिका १० वटा भिडियो छनोट भएको जानकारी दिइएको हो । ४० वर्षसम्मका युवाहरुबाट मागिएको ‘युथ भिडियो च्यालेञ्ज’ अन्तर्गत ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा ३५ वटा भिडियो प्राप्त भएका थिए । नेपाल पानोरमा शीर्षकमा आव्हान गरिएको खुला वृत्तचित्र (डकुमेन्ट्री), कथात्मक (फिक्सन), एनिमेसन, प्रयोगात्मक ३० मिनेटसम्मका ७५ वटा भिडियो प्राप्त भएका थिए । नतिजा सार्वजनिक गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाभित्र पाइलैपिच्छे भेटिने सम्पदा तथा स्मारकसँग सम्बन्धित नभनिएका, नलेखिएका तथा नसुनाइएका प्राचीन, सामाजिक तथा सांस्कृतिक कथा नै कथा रहेको बताउँदै सहरको यही पहिचानलाई प्रवर्धन गर्न चलचित्र विधाबाट प्रयास थालिएको बताउनुभयो । ‘मौलिक खानाका परिकार, मौलिक पोशाक, भाषा, साहित्य र सिर्जनाको चाखलाग्दा विशेषता छन् । चलचित्रमार्फत यस्ता विशेषताको प्रवर्धन गर्न, स्थानीय कलाकारका सिर्जनालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान र अन्तर्राष्ट्रिय कलाकारलाई महानगरपालिका बस्ती तथा टोलमा ल्याउने कामको थालनीका लागि फेस्टिभल गरेका हौँ ।’ त्यस क्रममा प्रवक्ता नविन मानन्धरले, नेपाल पानोरमा अन्तर्गत खुला भिडियोतर्फ सुरज पौडेलको ‘रिहाना’, सरिता शाहको ‘मानकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डुअर्स आर स्टिल क्लोज्ड’, पूर्णबहादुर गुरुङ्को ‘अ लेटर इन वीन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा : अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्सु : अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मरिछा’ छनोट भएको जानकारी दिनुभयो । यस विधाको निर्णायक मण्डलमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डी