नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा साँझ ४:३० बजेसम्म प्राप्त विवरणअनुसार ४ हजार ५७५ मत खसेको छ। मतदानका लागि यसअघि तोकिएको समय साँझ ५ बजेलाई बढाएर ७ बजेसम्म पुर्याइएको छ। साँझ ४:३० बजेसम्मको विवरणअनुसार बागमती प्रदेशमा १ हजार ६३, मधेस प्रदेशमा ७९०, लुम्बिनी प्रदेशमा ७०० र गण्डकी प्रदेशमा ६५१ मत खसेको छ। त्यस्तै,