काठमाडौँ । मुगुम समाज कल्याण केन्द्रले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख सहयोग गरेको छ । केन्द्रका प्रतिनिधिहरूले आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीसँग भेट गरी उक्त रकम सहयोगस्वरूप हस्तान्तरण गरेका हुन् । विपद् प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा उनीहरूको पुनःस्थापनामा योगदान पुर्याउने उद्देश्यले केन्द्रले उक्त सहयोग गरेको जनाइएको छ ।