लगानीसम्बन्धी सरकारी सेवालाई सरल र पारदर्शी बनाउन कार्यविधि तर्जुमा गरिने

  • शुक्रबार​ २३ असो २०८३ ०५:०१ PM
काठमाडौं : सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल र पारदर्शी बनाउन आवश्यक कार्यविधि तर्जुमा गर्ने भएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले स्वदेशी तथा विदेशी लगानीको प्रवद्र्धन र सहजीकरण गर्दै लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी, पूर्वानुमानयोग्य, समयबद्ध, जवाफदेही तथा प्रविधिमैत्री बनाउनका लागि राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को मस्यौदा तयार भइरहेको जाक