बिटौरी जग्गामा बसोबास गर्नेको नाममा जग्गा दर्ता सम्बन्धी समिति गठन गर्ने निर्णय

  • शुक्रबार​ २३ असो २०८३ ०५:०१ PM
काठमाडौं : सरकारले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूका नाममा जग्गा दर्ता सम्बन्धी समिति गठन गर्ने निर्णय गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो।बैठकले विश्व बैंकसंग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी 'म्यान्डेट एग्रिमेन्ट'मा हस्