नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

  • शुक्रबार​ २३ असो २०८३ ०५:०० PM
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियानसम्बन्धी कार्यविधि पारित गर्दै महाधिवेशनको तयारी, संगठन सुदृढीकरण र स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई अभियानको मुख्य उद्देश्य बनाएको हो।नेकपा नेता प्रकाश ज्वालाका अनुसार कात्तिक ७ गते अभियानको उद्घाटन हुनेछ। अभियानका क्रममा विभिन्न भेला आयोजना गर्नुका साथै पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड दिइनेछ। सरक