धादिङ : धादिङको गल्छी गाउँपालिका–७ स्थित मछेडी खोलानजिक ग्यास बोकेको बुलेट पल्टिएको छ।प्रहरीका अनुसार बुलेट पल्टिएसँगै त्यसबाट ग्याससमेत लिक भइरहेको छ। ग्यास लिक भएपछि सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ। ग्यास लिक भइरहेकाले सुरक्षाका दृष्टिले राजमार्गमा यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।