मोरङ– चाडपर्वको अवसर पारेर मोरङको सुन्दरहरैँचामा असोज २५ गतेदेखि ‘सुन्दरहरैँचा फुड फेस्टिबल’ आयोजना हुने भएको छ। विराटचोकस्थित सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रमा कात्तिक १० गतेसम्म सञ्चालन हुने फेस्टिबलमा दुई लाखभन्दा बढी दर्शक तथा अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखिएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने फेस्टिबलमा स्थानीय परिकार, कृषि तथा घरेलु उत्पादन, हस्तकला, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक