काठमाण्डु-सरकारले मन्त्रिपरिषद् बैठकका चार वटा निर्णय सार्वजनिक गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प विपद् व्यवस्थापन कोष, विटौरी जग्गा दर्ता, एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई पुरस्कार र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई बढुवासम्बन्धी निर्णय गरेको हो। बैठकले विश्व बैंकसँग ‘अर्थक्वेक क्याटास्ट्रोफी फन्ड’ (भूकम्प विपद् व्यवस्थापन कोष) सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै, विटौरी