आजदेखि सिनेमा हलमा ‘दिमाग खराब’

काठमाडौँ - तिहारको अवसर पारेर आज कात्तिक २४ गतेदेखि बहुप्रतिक्षित नेपाली फिल्म ‘दिमाग खराब’ देशव्यापी प्रदर्शनमा आएको छ ।
निश्चल बस्नेतको निर्देशनमा बनेको यो फिल्मको बिहिवार साँझ ललितपुरमा प्रीमियर शो आयोजना गरिएको थियो, जहाँ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन देखि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेसम्मले यो फिल्म हेरेर मनोरञ्जन लिए ।

‘लुट’ फिल्मका निर्देशक बस्नेतले झण्डै सात वर्षपछि निर्देशन गरेको यो फिल्ममा नेपालको समसामयिक राजनीतिलाई मुख्य विषयवस्तु बनाइएको छ । खासगरि स्थानिय निकायमा सेवाग्राहीले झेल्नु परेका समस्यालाई फिल्ममा आकर्षक ढंगले चित्रण गरिएको छ ।

आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईदिँदा भूईँमान्छेले अपन्त्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ भन्ने विषय यो फिल्ममा उठान गरिएको छ ।