काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा अडिएको हो। नेप्से बढेसँगै कारोबार रकम पनि बिहीबारको तुलनामा वृद्धि भएको छ।बिहीबार ३ अर्ब ९३ करोड मूल्य बराबरको कारोबार भएको थियो। सो दिन नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेको थियो। यसदिन ३५३ वटा स्क्रिप्सको १ करोड २९ लाख ५ हजार ९४२ कित्ता सेयर ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आए