विराटनगर : दसैं, तिहारलगायतका चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कोशी प्रदेशमा प्रहरी परिचालनलाई तीव्र बनाए सुरक्षा निगरानी बढाइएको । प्रदेशका १४ वटै जिल्लामा ८ हजार १३३ नेपाल प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले राजमार्गदेखि बजार, सीमावर्ती क्षेत्रदेखि धार्मिक स्थलसम्म सुरक्षा निगरानी बढाएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले बताए। उनका अनुसार चाडपर्वका बेला मानिसको आवागमन र आर्थिक कारोबार बढ्ने तथा घरहरू लामो समयसम्म खाली रहने भ