सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका टेकराज थलाल

  • शुक्रबार​ २३ असो २०८३ ०४:०१ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँहाते मध्यम गतिका बलर टेकराज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ।सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना गरिएको ट्यालेन्ट हन्टमार्फत स्थानीयस्तरमा रहेका क्रिकेट प्रतिभाको खोजी गरिएको थियो। ट्यालेन्ट हन्टमा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडीलाई समेटिएको थियो।असोज १४ गते बैतडीको डिलासैनीमा दार्चुला र बैतडीका खेलाडीबाट सुरु भएको