यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नभी पिल्लेलाई

  • शुक्रबार​ २३ असो २०८३ ०९:२१ AM
काठमाण्डु- सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी न्यायविद् नभी पिल्लेलाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय कानुनको विकास, मानवअधिकारको संरक्षण र युद्ध तथा हिंसा रोक्न कानुनी उपायहरूको प्रभावकारी प्रयोगमा योगदान पुर्‍याएको भन्दै उनलाई यो पुरस्कार प्रदान गरिएको हो। भारतीय तमिल मूलको परिवारमा दक्षिण अफ्रिकाको डरबनमा जन्मिएकी पिल्लेले रंगभेदको कठिन परिस्थितिमा कानुन व्यवसाय सुरु गरेकी थिइन्।