भाडाको घर चिनियाँ नागरिकको सुन गाल्ने कारखाना, बरामद साढे २१ केजीको मूल्य ५४ करोड भन्दा बढी

  • शुक्रबार​ २३ असो २०८३ ०९:४३ AM
काठमाण्डु- काठमाण्डुको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी सुन बरामद गरेको छ। अवैध रूपमा सुनको कारोबार तथा ओसारपसार भइरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार राति छापा मारेर तीन चिनियाँ नागरिकलाई पनि पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयले सञ्चालन गरेको ‘अपरेसन ब्राभो गल्फ’अन्तर्गत उनीहरूलाई बिहीबार राति नियन्त्रणमा लिइएको