दिल्लीमा कक्रोच रोक्न कडा सुरक्षा : ५७ मेट्रो स्टेसन बन्द, रेल पनि रोकियो, २६ हजार सुरक्षाकर्मी खटाइँदै

  • शुक्रबार​ २३ असो २०८३ ०९:५२ AM
नयाँदिल्ली– भारतीय निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा र मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) को विरोधमा शनिबार दिल्लीमा हुन लागेको प्रदर्शनअघि सुरक्षा व्यवस्था कडा पारिएको छ। ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले गर्न लागेको प्रदर्शनका लागि अनुमति नदिइएको दिल्ली प्रहरीले जनाएको छ। प्रदर्शनलाई ध्यानमा राख्दै शनिबार राजधानीका ५७ मेट्रो स्टेसन बन्द गर्ने निर्णय गरिएको छ।