काठमाडौँ । आज काठमाडौँ महानगरपालिका र सम्यक् महादान सम्बद्ध द्यःथुवाहरु विच परिचयात्मक कार्यक्रम भएको छ । सम्यक् महादान मूल समारोह समितिले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बहाल, बहिल तथा सम्बन्धित द्यःथुवा (देवपालाहरु) सहभागी हुनुभएको थियो । परिचयात्मक कार्यक्रममा बोल्दै मूल समारोह समितिका प्रमुख संयोजक एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सम्यक् महादानसँग सम्बन्धित द्यःथुवाहरु मूल समारोह समितिका सदस्य रहनुभएको जानकारी दिनुभयो । ‘सम्यक् महादान एउटा पुस्ताले देख्नै नपाउने अवस्थामा पुगेपछि हामीले महादान आयोजना गर्ने प्रस्ताव नगर सभामा लगेर पारित ग¥यौँ । त्यसपछि सरोकारवाला सबैको सहभागिता रहने गरी मूल समारोह समिति घोषणा गरेर तयारी थालेका हौँ ।’ ‘मूर्त सम्पदा जोगाउन मर्मत, सम्भार तथा जीर्णोद्धार गर्न गर्नुपर्छ । अमूर्त सम्पदा जोगाउन पुस्तान्तरण हुने वातावरण बनाउनुपर्छ । सम्यक् महादान गर्नु हाम्रो यही प्रयास हो ।’ डंगोलले भन्नुभयो, ‘सबैको सहभागितामा यो सांस्कृतिक तथा ऐतिहासिक परम्परालाई सहज र सरल ढङ्गबाट पुस्तान्तरण हुनेछ ।’ त्यस क्रममा प्रवक्ता नविन मानन्धरले, समय परिवर्तन भएर तत्काल नतिजा खोज्ने समाज निर्माण भइरहेको सन्दर्भमा लामो समयको अभ्यासबाट सम्पन्न गर्नुपर्ने संस्कारलाई निरन्तरता दिन चुनौती भएको बताउनुभयो । ‘महानगरपालिकाले यस्तै चुनौतीको सामना गर्दै सम्पदा संरक्षण र पुस्तान्तरण गरिरहेको छ । सम्यक् महादान पनि यसैको एउटा कार्यक्रम हो ।’ मानन्धरले भन्नुभयो, ‘तत्कालीन समयमा राष्ट्र प्रमुख आफैँ पनि सहभागी हुने परम्परा रहेको संस्कारलाई बचाउन आवश्यक छ ।’ नेपाल मण्डलका संस्कारहरु दान गर्ने संस्कार बोकेका पूर्खा र तिनका सन्तानले धानेको बताउँदै मूल समारोह समितिका संयोजक प्रा