भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
शुक्रबार २३ असो २०८३ ०८:१४ AM
रसुवा । रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन । आँखै अगाडि बस्तीलाई बाढीले बढारेको त्यो दृश्य उनको स्मृतिमा कहिलेसम्म रहनेछ थाहा छैन । अझै