काठमाडौं : बूढानीलकण्ठस्थित भंगालमा चिनियाँ नागरिकहरूले घर भाडामा लिएर सुनको कारोबार गर्दै आएको रहस्य खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी चीनको ग्वान्झाउमा बसेर एक मुख्य योजनाकारले वीच्याट एपमार्फत निर्देशन दिने गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी गराएको हो।अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले नेपालमा सुन कहाँ, कसरी, कसलाई पुर्याउने भन्ने सम्पूर्ण निर्देशन उनै योजनाकारले वीच्याटमार्फत दिने गरेको अनुसन्धानका क्रममा पाइए