तेस्रो साता पनि हलमा टिक्यो ‘बा: एक योद्धा’

  • शुक्रबार​ २३ असो २०८३ ०८:३० AM
काठमाण्डु- नेपाली चलचित्र ‘बाः एक योद्धा’ तेस्रो सातामा पनि प्रदर्शन भइरहेको छ। दर्शकबाट प्राप्त प्रतिक्रियाले चलचित्रको प्रदर्शनलाई निरन्तरता दिन मद्दत गरेको निर्माण पक्षले जनाएको छ। चलचित्रले बाबुको त्याग, संघर्ष र सन्तानप्रतिको समर्पणको कथा प्रस्तुत गरेकाले दर्शकले यसलाई आफ्नै घरको कथाका रूपमा लिएको निर्माण पक्षको भनाइ छ। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई चलचित्रको बलियो पक्षका रूपमा लिइएको