काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अपरान्ह ३ बजेका लागि बैठक बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्न सक्ने बुझिएको छ । आज बस्ने बैठकले सशस्त्र प्रहरी बल नेपालका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई बर्खास्त गर्ने निर्णय हुनसक्ने स्रोतको दाबी छ ।