काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा शुक्रबार दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न प्रदेशका प्रतिनिधिहरूले मतदान गरेका हुन्। मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीका अनुसार कोशी प्रदेशबाट ४१०, मधेशबाट ४२२, बागमतीबाट ४८७, गण्डकीबाट ३३०, लुम्बिनीबाट ३८९ तथा सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा ६०६ मत खसेको छ। बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि तयारीमा ढिलाइ हुँदा करिब एक घण्टापछि मात्रै मतदान प्रक्रिया अघि बढेको थियो। महाधिवेशनबाट पार्टी सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य चयन हुँदैछन्। नयाँ ... The post कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म कति मत खस्यो ? appeared first on Kalika Khabar.