काठमाडौं । रसुवा–त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले ४५ लाख ९७ हजार ३५३ रुपैयाँ सहयोग गरेका छन्। बैंकका कर्मचारीहरूले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम योगदान गरेका हुन्। प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कर्मचारीहरूले सहयोग रकम संकलन गरेका बैंकले जनाएको छ। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनासम्बन्धी कार्यक्रमहरूमा उपयोग हुने विश्वास बैंकले लिएको छ। कुमारी बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्का ... The post कुमारी बैंकका कर्मचारीद्वारा बाढीपीडितका लागि ४५ लाख ९७ हजार रुपैयाँ सहयोग appeared first on Kalika Khabar.