काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खसेको छ। मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीका अनुसार कोशी प्रदेशबाट ४१०,सुदूरपश्चिम र कर्णालीबाट ६०६,लुम्बिनीबाट ३८९,गण्डकीबाट ३३०,बागमतीबाट ४८७ र मधेश प्रदेशबाट ४२२ मत खसेको हो।कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन्।मतदात बिहान ७ बजेदेखि सुरू भएको हो।