३५ प्रतिशत ग्राहकमात्रै तिर्छन् अनलाइनमार्फत विद्युत् महसुल

  • शुक्रबार​ २३ असो २०८३ ०२:०० PM
गोरखा : गोरखाका करिब ३५ प्रतिशत ग्राहकले मात्र अनलाइनमार्फत विद्युत् महसुल तिर्ने गरेका छन्। केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गर्ने १० गाउँपालिकाका ६० हजार २ सय २९ ग्राहकमध्ये करिब ६५ प्रतिशत ग्राहकले काउन्टरमै गएर महसुल तिर्ने गरेका प्राधिकरणको गोरखा वितरण केन्द्र प्रमुख रामआशिष साहले जानकारी दिए।जिल्लामा गोरखा वितरण केन्द्र, पालुङटार वितरण केन्द्र, मझुवा वितरण केन्द्र र आरुघाट वितरण केन्द्रबाट महसुल संकलन गर्ने गरिन्छ। साथै सातवटा विद्युत् सहकारीले पनि महसुल संकलन गर्ने गर्दछन्।‘ग