नेपालगन्ज : जनता समाजवादी पार्टी (जसपा) नेपालमा करिब १२ वर्षदेखि सक्रिय रहँदै आएकी नेपालगन्जकी मुस्लिम महिला नेतृ तबस्सुम अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन्। जसपाकी केन्द्रीय सदस्यसमेत रहेकी अन्सारीले पार्टी परित्याग गर्दै रास्वपा रोजेकी हुन्।पार्टीको संगठन विस्तार अभियानका क्रममा पश्चिम नेपाल भ्रमणमा रहेका डा. अमरेशकुमार सिंहले अन्सारीलाई रास्वपामा स्वागत गरेका हुन्। लामो समय जसपाको राजनीतिमा सक्रिय रहेकी अन्सारीको यो पार्टी परिवर्तनलाई नेपालगन्जको स्थानीय राज