कञ्चनपुर- दोधारा-चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल भत्किएपछि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले अनुगमन गरेका छन्। महाकाली नदीमाथिको उक्त पुलको यथाशीघ्र पुनर्निर्माण र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन उनले सरकारसँग आग्रह गरेका छन्। शुक्रबार पुलको अनुगमनमा पुगेका लेखकले पुल भत्किएको घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको बताए। उनले यो पुल दोधारा चाँदनी वा कञ्चनपुरको मात्र नभई