राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौँ - राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ः०१ बजे बस्ने गरी निर्धारण भएको बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ । अब अर्को बैठक शुक्रबार बिहान ११ः३१ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

इजरायलमा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ ।