पोखरा । पोखरामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये चारजनाको पहिचान खुलेको छ । पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको ग२ख १४१७ नम्बरको बस दुर्घटनामा पर्दा पाँचजनाको मृत्यु भएको हो । जसमा मृत्यु हुनेमध्ये चारजनाको पहिचान खुलेको हो । मृत्यु हुनेमा विद्यार्थीहरू १५ वर्षीया ममता तिवारी, करिब १४ वर्षीय अशिम कँडेल, १५ वर्षीय सुवेच्छा तिवारी र बसमा सवार पोखरा–२८ बस्ने ६५ वर्षीय बाबुराम तिवारी छन् । करिब १५ वर्षीया एक बालिकाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । The post पोखरा स्कुल बस दुर्घटना : मृतक चारजनाको पहिचान खुल्यो appeared first on Kalika Khabar.