मेक्सिकोको जेलमा दङ्गा हुँदा १० जनाको मृत्यु, १६ जना घाइते

  • शुक्रबार​ २३ असो २०८३ ०१:०१ PM
काठमाडौं : मेक्सिकोको सिनालोआ राज्यको एक जेलमा बिहीबार भएको दंगामा दश जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।सुरक्षा अधिकारीहरूका अनुसार मृतकमध्ये एक जना जेल भेट्न आएका थिए भने बाँकी नौ जना कैदी हुन्। हिंसा नियन्त्रण गर्न राष्ट्रिय गार्ड तैनाथ गरिएको थियो। त्यसपछि अहिले स्थिति नियन्त्रणमा रहेको बताइएको छ।दंगा के कारणले भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन।सिनालोआ मेक्सिकोको सबैभन्दा खतरनाक राज्यहरू मध्ये एक मानिन्छ ।